बक्लौरी । रामधुनी नगरपालिकामा मत गणना सुरु भएको छ । शनिबार विहान सर्वदलिय बैठक वसेसँगै अहिले मत गणना सुरु भएको हो ।
मत गणना रामधुनी १ बाट सुरु गरिने रामधुनीका निर्वाचन अधिकृत विजयराज सुवेदीले जानकारी दिए । अहिले मत पत्र मिलाउने काम भइरहेको उनले जानकारी दिए । मत गणना रामधुनी नगरपालिकाको नयाँ भवनमा भइरहेको छ ।

















