बक्लौरी । रामधुनी नगरपालिकामा मतगणना आजबाट सुरु हुने भएको छ ।
शनिबार बिहान रामधुनीमा बसेको सर्वदलीय बैठकले विहान १० बजेदेखी मत गणना गर्ने निर्णय गरेसँगै मत गणना गर्ने तयारी भइरहेको रामधुनीका निर्वाचन अधिकृत विजयराज सुवेदीले जानकारी दिए । मत गणना रामधुनी १ बाट सुरु हुने उनले जानकारी दिए ।


















