विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा २ हजार ४०० मत गणना गर्दा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार राजमति इङनामले ९६७, कांग्रेस उम्मेदवार सञ्जय भट्टराईले ६०७ र माओवादी उम्मेदवार सूर्यबहादुर धिमालले ४३२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेका भोला अधिकारीले १०२४, कांग्रेसकी मनु गुरुङले ७४८ र माओवादीकी तारा ओझाले ६६८ मत प्राप्त गरेका छन् ।
उर्लाबारीमा २ सय मत गणना गर्दा एमाले उम्मेदवार गंगा खरेलले ६७, कांग्रेस उम्मेदवार खड्ग फागोले ३२ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार मानबहादुर श्रेष्ठले ५६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमाले उम्मेदवार मिना खतिवडाले ६८, काग्रेस उम्मेदवार सीता कार्कीले ३५ र माओवादी उम्मेदवार टीकाकुमारी भट्टराईले २४ मत प्राप्त गरेकी छन् ।

















