बझाङ । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामी रहेका छन् । बुधबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही ठाउँस्थित मौरी खोला जलबिद्युत् आयोजनाको पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















