रामधुनी । बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो।
घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा समेत भेटिएको छ। बम विस्फोटबाट कुनै क्षति भने नभएको सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डे जानकारी दिए ।
बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए। घटना स्थलमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

















