No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरलाई ‘व्यवस्थित नगर’ बनाउने एमालेका उमेदवारहरूको प्रतिवद्धता

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २१, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
नेकपाका महानगर कमिटि अध्यक्ष थापाको पहलमा पाँच किमि सडक बन्दै
Share on FacebookShare on Twitter

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा एमालेको तर्फबाट विराटनगरका मेयरका उमेदवार सागर थापा र उपमेयरकी उम्मेदवार शिल्पा कार्की भोट माग्न वडा–वडामा पुगेका छन् ।

वुधवार मेयर र उपमेयरका उम्मेदवारहरूले वडा नं. ९ को घरदैलो कार्यक्रममा सहभागी भएर जनअपेक्षा बुझ्दै चुनावपछि उचित सम्वोधन गर्ने प्रतिवद्धता जाहेर गरे । मुख्य बजार खण्ड बुधहाट चोकको कोणसभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार थापाले बजार क्षेत्र विशेषका समस्याहरूलाई उचित ढङ्गले व्यवस्थित गर्ने बताए । उनले आफूले चुनाव जितेर महानगरको नेतृत्व लिएपछि नेकपा एमालेले अघि सारहेको ‘समृद्ध विराटनगर, सुखी नगरवासी’ को अवधारणालाई साकार पार्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफू नेतृत्वमा पुगेपछि विराटनगरमा प्रदेश एकको राजधानीको व्यवस्थित संरचना निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराएर व्यवस्थित गर्ने पनि बताए । उपमेयरकी उम्मेदवार शिल्पा कार्कीले आफ्नो टिमले जिम्मेवारी पाएपछि अव्यवस्थित विराटनगरलाई व्यवस्थित, समुन्नत र सुन्दर शहरको रुपमा विकास गर्ने अवधारणा व्यक्त गरिन् । नगरक्षेत्रभित्र रहेको बजार तथा सडक र ट्राफिक व्यवस्थापनमा ध्यान दिएर व्यवस्थित बजार निर्माण गर्ने आफ्नो योजना रहेको पनि कार्कीले बताइन् ।

त्यसैगरी बजारको फोहोर व्यवस्थापनको उचित प्रवन्धका लागि पनि एमालेले आफ्ना प्रतिवद्धतामा उल्लेख गरे अनुसारका कार्यक्रम सञ्चालन गर्ने उनको तर्क थियो । वडा नं.१२ का अध्यक्ष उम्मेदवार श्री प्रकाश तोतलाले पनि कोणसभालाई सम्वोधन गर्दै आफ्ना प्रतिवद्धताहरू जनसमक्ष प्रस्तुत गरे । यस अघि बुधबार विहान एमाले उमेदवारहरूले वडा नं. १४ मा घरदैलो गरी एमालेप्रतिको जनभावना सङकलन गरे । सोही वडाका विभिन्न पाँचस्थानमा कोणसभा गरियो । कोणसभामा पार्टीका जिल्ला सचिव रुपेश खतिवडाले एमालेको अभियानमा सरिक भएर एमालेप्रति देखाएको सद्भाव र समर्थनको प्रशंसा गर्दै नगरवासीलाई धन्यवाद दिए ।

मेयरका उमेदवार सागर थापा मुस्लिम समुदायको पावन पर्व इदमिलन कार्यक्रममा सरिक भए । घरदैलो लगायत चुनावी प्रचार अभियान कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्की सचिव रुपेश खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

ShareTweetPin
Previous Post

एमाले बेलबारीको चुनावी प्रतिवद्धता सार्वजनिक

Next Post

एमालेको जिल्लाव्यापी चुनावी प्रचार अभियान

Next Post
महासंघको निर्वाचनमा रोक्न आज सर्वोच्च जाँदै शिव शंकर शाह, रोकिएला त महासंघको निर्वाचन ?

एमालेको जिल्लाव्यापी चुनावी प्रचार अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.