बक्लौरी । रामधुनी नगरपालिका वडा नं ७ मा राप्रपाले दिनेश राईलाई उम्मेदवार बनाएको छ । नगरको मुख्य बजार भन्दा उतर पुर्व फैलिएको पर्यटनको हवको रुपमा रहेको वडा नं ७ रहेको छ । राप्रपा ले आसन्न निर्वाचनका लागी शिक्षक पृष्ठभुमीबाट राजनितिमा उदाएका राईलाई वडाध्यक्षको उम्मेद्धवार बनाएको छ ।
भोजपुरको तिम्मा गाउपालिकामा २०२४ सालमा जन्मेका राई रामधुनी नगरमा राप्रपाले उठाएका वडाध्यक्ष मध्ये सबैभन्दा वलिया उम्मेद्धार रुपमा चर्चा कमाइ रहेका छन् । राप्रपा बाट वडा नं ७ मा इन्द्र रौनियार, प्रलाद कटुवाल, नारायणवति विश्वकर्मा र रामपरी मण्डल उम्मेदवारका रुपमा रहेका छन् ।
राई शिक्षण पेशामा सफल शिक्षकका रुपमा वडामा परिचित छन् । वडाको खेलकुद शिक्षा क्षेत्रमा उतिकै चासो राख्ने गर्दछन् । युवा, विद्यार्थी, जेष्ठ नागरीक सबैसगँ उतिकै घुलमिल हुनसक्ने क्षमता भएका राई अवका दिनमा आफ्नो वडाको विकास गर्नु पर्छ भनेर राजनितिमा होमिएका छन् । शिक्षण पेशाबाट जानेका कुराले वडा र वडाबासिहरुलाई बदल्ने चाहाना भएको बताउछन् ।
वडा नं ७ पर्यटकीय दुष्टिकोणले सफल भएपनि प्रदेश तथा केन्द्र सँगको समन्वयको अभाव हुदा वडा पछि परेको उनले बताए । अबको दिनमा पढेका युवाहरुको नेतृत्वले मात्र वडाको मुहार फेर्न सक्ने राईको दावी छ ।

















