सुन्दरहरैंचा । मोरङ सुन्दरहरैंचाको मेयरमा नेपाली कांग्रेसबाट शिवप्रसाद ढकालले टिकट पाएका छन् । निवर्तमान मेयर समेत रहेका ढकालले पुनः मेयरमा उठ्ने भएका हुन् ।
नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय समितिको बैठकले वर्तमान मेयर ढकाललाई नै पुनः उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
सुन्दरहरैंचाको मेयरको उम्मेद्वारको लागि ढकालका साथै भक्ति सिटौला, देवराज तामाङ र मित्रसेन योञ्जनको नाम सिफारिश गरिएको थियो ।
उपमेयरमा भने, इशवरवती कुमारी माझीलाई उम्मेद्वार उठाउने निर्णय भएको कांग्रेस श्रोतले जानकारी दिएको छ ।


















