सुनसरी । सिरहाको धनगढीमाई नगरपालिका वडा नं ७ मा आज विहान मोटरसाइकल दुर्घटना हुँदा चालको मृत्यु भएको छ ।
मोटरसाइकल दुघटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय १५ वर्षीय हरि नारायण महतो रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारका लागी अस्पताल लादै गर्दा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढी सिरहाले जनाएको छ ।


















