रामधुनी । २०७२ सालमा आजकै दिन विनाशकारी महाभुकम्प गएको आज वैशाख १२ गते ७ वर्ष पुरा भएको छ ।
गोरखा जिल्लाको बारपाक भन्ने ठाउँलाई केन्द्र विन्दु बनाएर ७ दश्मलव ८ म्याग्नेच्युडको महाभुकम्प गएको आज सोमबार ७ वर्ष पुरा भएको छ । महाभुकम्पका कारण देशभरका भौतिक संरचना क्षेति पुर्याएको थियो भने देशभरि बाट करिब ८ हजार मानिसहरुको ज्यान गएको थियो ।
गएको सात वर्षमा सरकारले धरहरा, वसन्तपर दरवार, काष्ठमान्डप लगायत देश भरी क्षतविक्षेत भएका अधिकांक्ष ब्यक्तिहरुको घर लगायत सम्पदाहरुको पुननिमार्ण गरेको छ ।

















