इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिकापा–४ पिडारीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन ।
शनिबार दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरमा रहेको पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनमा परि बराहक्षेत्र १ चतरा ४० बर्षीय सरोज खड्का सहित ११ जना घाईते भएका थिए । घाईतेलाई तत्काल उपचारको लागि धरान घोपामा लगिएकोमा खड्काको उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ । बस, चालक बराहक्षेत्र–१ चतारा का २५ बर्षीय सनम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


















