रामधुनी । नेकपा एमालेले इटहरी र धरानमा उम्मेद्बार टुंगो लगाएको छ ।
शनिबार साँझ बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले इटहरी र धरानका उम्मेद्बारको टुंगो लगाएको हो ।
इटहरीमा यामकुमार सुब्बालाई मेयर र सङ्गीता चौधरीलाई उपमेयर दिने निर्णय भएको छ । भने धरानमा मन्जु भन्डारीलाई मेयर र पदम लिम्बूलाई उपमेयरमा उठाउने निर्णय भएको हो ।

















