दमक । झापाको मेचीनगर नगरपालिकाबाट लागुऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मेचीनगर–६ का ३२ बर्षीय निशान थापा, भारत सिलिगुढी बस्ने २७ बर्षीया हेनअरा खातुन र बुढानिलकण्ठ नगरपालिका–२ काठमाण्डौका ३९ बर्षीय मोहन बहादुर पाईजा मगर रहेका छन् ।
थापा र खातुनलाई शुक्रबार बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर–१० मा भारतिय WB 74Y 7782 नम्वरको स्कुटर चेक जाँच गर्दा स्कुटर चालक को साथबाट प्रतिबन्धित लागुऔषध NITROSUN-10 ९५-चक्की र Pyeevon Spas plus २०८ क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिबार विहान सवा १० बजे काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटेको प्रहरी टोलीले चेक जाँचको क्रममा पाईजा मगरको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

















