बक्लौरी । राष्ट्रिय प्रजातन्त्र पार्टिले सुनसरीको रामधुनी नगरपालिका वडा नं ६ र ७ मा उमेदवार घोषणा गरेको छ ।
आगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागी राप्रपा ले शनिबार बक्लौरीमा एक कार्यक्रम गर्दै संयुक्त रुपमा वडा नं ६ र ७ का उमेदवारहरुको नाम घोषणा गरेको हो ।
वडा नं ६ बाट वडा अध्यक्षका रुपमा राप्रपा नगर उपाध्यक्ष शुशिल शर्मा, वडा सदस्यको रुपमा फेकु चौधरी, रत्न बहादुर कुवर, महिला सदस्यको रुपमा यमुन थापा मगर तथा दलित सदस्यको रुपमा वुदनी मुसहर को समुह रहेको छ ।
त्यसैगरी वडा नं ७ बाट वडा अध्यक्षको रुपमा दिनेश राई, वडा सदस्यको रुपमा इन्द्र रौनियार, प्रलाद कटुवाल ,महिला सदस्यको रुपमा नारायण वति वि.क.,दलित सदस्यको रुपिमा रामपरि मण्डल को समुह रहेको छ ।
कार्यक्रममा सभापतिको रुपमा राप्रपा वडा नं ६ का वडा अध्यक्ष फेकु चौधरी, प्रमुख अतिथि राप्रपा वरिष्ट नेता तथा पुर्व मन्त्री रामकुमार सुब्बा, विशिष्ट अतिथीको रुपमा केन्द्रिय सदस्य इनु अधिकारी, सुनसरी जिल्ला सभापति दुर्गा बहादुर बस्नेत, अतिथिहरुमा जिल्ला कार्यसमिती नविन थापा, बराह नगर अध्यक्ष अर्जुन भटराई, प्रदेश सभा (क) अध्यक्ष राम ठकुरी, क्षेत्र नं २(क) जन सम्पर्क संयोजक विकास भण्डारी, रामधुनी नगर अध्यक्ष मोहन अधिकारी, नगर उपाध्यक्ष सुशिल शर्मा, नगर सचिव समिर नेपाल,मोर जिल्ला सदस्य अजय ऋषिदेव, वडा नं ७ का अध्यक्ष मनकण राई, पुर्व जिल्ला उपाध्यक्ष हरि ढकाल, वडा नं २ का अध्यक्ष अन्तरामा चौधरी, पुर्व जिल्ला उपाध्यक्ष कमल काफले लगायत स्थानिय, वुद्धिजिवि, युवाहरुको उपस्थिति रहेको थियो ।

















