सुनसरी । केन्द्रिय तथ्यांक विभागले आजदेख देशभर राष्ट्यि कृषि गणना सुरु गरेको छ ।
सातौँ कृषि गणना देशभरका ७ सय ५३ वटै पालिकामा सुरु हुने तथयांक विभागले जानकारी दिएको हो । ७ सय ५३ वटै पालिकामा ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षकले ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न खटिएका छन् ।
ग्णक र सुपरिवेक्षकलाई तथ्यांक संकलनका लागी ४५ दिनको समय निर्धारण गरिएको छ । गण्नामा पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन, खेतियोग्य जमिनको अवस्थाका विषयमा तथयांक संकलन हुने तथयांक विभागले बताएको छ । तथयांक संकलन गर्न गणकहरुले कृषकलाई २४ प्रश्न सोध्नेछन् ।

















