इटहरी । नेपाल विद्यार्थी सङ्घ स्थापना दिवसको अवसर पारेर जनता बहुमुखी क्याम्पस इकाई समितिले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । मङ्गलवार ५३ औँ वर्ष पुगेको अवसरमा नेविसंघले क्याम्पस परिसर भित्र वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नं २ क का सभापति शुवेक्छु देवानको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवानले नेविसंघ स्थापना देखि नै विद्यार्थीहरूका हक हितका लागि काम गर्दै आएको संस्था भएको उल्लेख गर्दै सङ्गठनको मूल्यमान्यतामा अडिग रहन आग्रह गरे ।
स्थानीय निकायको चुनाव नजिकिँदै गएको बताउँदै उनले नेपाली काँग्रेस र लोकतान्त्रिक गठबन्धनका उमेद्धारलाई जिताउन आग्रह गरेका छन् । नेविसंघ जनता बहुमुखी क्याम्पसका इकाई सभापति सहदेव काफ्लेले प्रकृतिको सुन्दरता, हराभराका साथै प्रकृतिलाई जोगाउनका लागि वृक्षारोपण कार्यक्रमको आयोजना इकाई समितिले गरेको बताए ।
सङ्गठनमा पनि जागरुप हुनुपर्ने बताउँदै वृक्षारोपणको विम्ब सङ्गठनमा हुनुपर्ने उनले बताए । कार्यक्रममा नेविसंघ सुनसरी जिल्ला सभापति बुद्धहाङ लिम्बु, युवा नेता प्रदीप केसी, क्याम्पसका प्राध्यापक तथा समितिका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
भिडियो पनि
https://www.facebook.com/falaichanews/videos/3210838672574555/?__cft__[0]=AZWFU31HV_H96-Vh00fielv1TOS_SIwhggjrAdG6anO2sjjnrUw-KnQKSH32iz3rMuw7bBmxNOD-Re51O0YL8NfkzsP1YcDBB7aLQzScy81AvLxdU3YukkHvC6R8VMN-olV9CMX9Gb7xAXrMRF0POqspix8T_IBwD98udNOydDquwQ&__tn__=%2CO-R

















