सुनसरी । १५ वर्षीय किशोरीमाथी यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका ७ घर भएका २० वर्षीय कमल मगर लाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
मगरलाई सोमबार साँझ कोषाहाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
किशोरीलाई सुनकोशी गाँउपालिका ९ तेर्सेस्थित बाटोमा आइतबार साझ मगरले यौन दुव्र्यवहार गरेको प्रहरी बताएको छ ।
मगरलाई नियन्त्रण मा लिई घटनाका बारेमा अनुसन्धान गरिरहेको छ ।

















