सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा ५ मा नेपाली काँग्रेसले सर्वसम्मत रूपमा आफ्ना उमेद्धार चयन गरेर सिफारिस गरेको छ । यो सँगै वडा नं ५ सुन्दरहरैंचामा आफ्नो उमेद्धार चयन गर्ने पहिलो वडा बनेको छ । यो वडा मोरङ क्षेत्र नं ६ का क्षेत्रिय सभापति देवराज तामाङको वडा हो ।
काँग्रेसले वडा न ५ को अध्यक्षमा राम प्रसाद रिजाललाई उमेद्धार बनाउने निर्णय गरेको छ । रिजाल काँग्रेसबाट निर्वाचित हालका वडा अध्यक्ष हुन् । यसैगरि सदस्यहरूमा विष्णु चौधरी, काजीमान गुरुङ, पम्फा तामाङ, कृष्णकुमारी विकलाई बनाउने निर्णय भएर सिफारिस गरिएको वडा सभापति घनस्यान न्यौपानेले जानकारी दिए ।
यस निर्णयले नेपाली काँग्रेस एक ढिक्का र झन् बलियो भएको भन्दै उनले आपसी मनमुटाबलाई टाढा राखेर आगामी निर्वाचनमा सशक्त ढङ्गले लागेर काँग्रेसलाई विजयी बनाउन लागि पर्ने उनले बताए ।
क्षेत्रिय सभापति तामाङले सबै वडाहरूमा काँग्रेसका इमानदार सिपाहीलाई सिफारिस गरिने बताउँदै चुनावमा एकजुट भएर लाग्न निर्देशन दिए ।

















