No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मेरो कार्यकालभर सुरक्षाको प्रत्यभुति सफलताका साथ निर्वाह गरेको छु : प्रहरी निरिक्षक श्रेष्ठ

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
मेरो कार्यकालभर सुरक्षाको प्रत्यभुति सफलताका साथ निर्वाह गरेको छु : प्रहरी निरिक्षक श्रेष्ठ
Share on FacebookShare on Twitter

बक्लौरी । इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश श्रेष्ठ सुरुवा भएका छन् । गत वर्षको चैत्र २७ गते इलाका प्रहरी कार्यालय पकली सरुवा भई आएका श्रेष्ठको १ वर्षे कार्यकाल पुरा भएसँगै गत चैत्र २४ गते सरुवा भएका हुन् ।

श्रेष्ठ अख्तियार दुरुपयोग अनुसंधान आयोग टंगाल,  काठमाडाैंख सरुवा भएका छन् । श्रेष्ठ सरुवा भएसँगै इलाका प्रहरी कार्यालय पकलीमा काठमाडौंको आसरा सुधार केन्द्रबाट प्रहरी निरीक्षक रविन्द्र थापाले आउने भएका छन् । आफु इलाका प्रहरी कार्यालय पकलीमा सरुवा भएर आएसँगै आफ्नो कार्यकाल भरी सुरक्षाको प्रत्यभुति सफलताका साथ निर्वाह गरेको श्रेष्ठले बताए । उनले रामधुनी नगरमा मिश्रित जातजातीको बसोवास रहेपनि सबै समुदायमा अपसी सदभाव रहेको भन्दै सुरक्षा प्रदानमा सहज र सहयोग मिलेको बताए ।

श्रेष्ठले आफ्नो १ वर्षे कार्यकालमा १ सय १६ वटा मुद्धा दर्ता गरेकोमा ७३ वटा फच्र्यैट गरेका छन् । श्रेष्ठको कार्यकालमा कर्तब्य ज्यान, बाल यौन दुरुपयोग, सवारी ज्यान, सवारी अंग भंग, जबरजस्ती करणी, झुण्डि आत्म हत्या, अभद्र ब्यवहार, भवितब्य ज्यान, बिष सेवन, चोरी, ज्यान मार्ने उद्योग, बहु विवाह, बैंकीङ्ग कसुर चेक बाउन्स, लागु औषध, मानवबेपता, वेवारीसे ज्यान, सरकारी छाप कृर्ते, आत्महत्या दुरुत्साहन, ठगीका मुद्धा गरी जम्मा १ सय १६ वटा मुद्दा दर्ता गरेका थिए । जसमध्ये ७३ वटा मुद्धाहरु ५ बर्षको म्याद, पहिचान हुन नसकेका जस्ता घटनाहरुे भएकाले फछर्यौट हुन बाँकी रहेको श्रेष्ठले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठले कार्यकालमा अपराध नियन्त्रणकोलागि सुराकी तथा अवश्यक्ता अनुसार सादा पोशाकमा प्रहरी कर्मचारीहरुलाई परिचालन गरी अपराधिक गतिविधि, चलखेल, तथा आश्रय स्थलको पहिचानगरी समन्वयात्मक रुपमा सुचना संकलन गर्ने व्यवस्था मिलाई सुरक्षा प्रदान गरेको उनले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालय पकलीले अपराधिहरुलाई अपराध गर्ने मौका नदिन संवेदनशिल स्थानहरुमा दैनिक समय, स्थान परिवर्तन गरी आकस्मिक चेकजाँचलाई तिव्रता दिदै व्यापक रुपमा मोबाइल टोली परिचालन गर्ने व्यवस्था मिलाएको छ । सामुदायिक प्रहरीको अवधारणा अनुसार समाजमा अपराधिक गतिविधि नियन्त्रण गर्न बिभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको छ । फरार प्रतिवादीहरुलाई बिभिन्न सुरकाबाट पत्तालगाई पक्राउ गर्दै, घटना स्थलबाट फेला परेका भौतिक सबुत प्रमाणहरुलाई सुरक्षित संकलन गर्ने कार्य गर्दै घटित अपराधको सत्य तथ्य पत्ता लगाउन दक्ष टोली गठन गरी अनुसंधान गर्ने व्यवस्था सहितको अपराध नियन्त्रण कार्य योजनाहरु व्यवस्थापन गरेको छ ।

हिरासत व्यवस्थापन कार्यमा रहेका समस्याहरुमा छुटै हिरासत कोठा तथा केरकार कोठा नहुनु हिरासतमा मानव अधिकारले तोकेका न्युनतम सुविधाहरु समेत उपलब्ध गराउन नसकिएका कारणले अनुसंधानमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिए । समयमा जाहेरी दरखास्त नपर्ने, साक्षी रोहबरमा बस्न नचाहने, जघन्य प्रकृतिका अपराधहरु समेतमा प्रारम्भिक अवस्थामा स्थानीय स्तरमा नै मेलमिलाप गर्ने र कानूनी हद म्याद समाप्त भए पश्चात मात्र प्रहरीमा उजुरी गर्ने परिपाटीले अपराध अनुसंधान तथा नियन्त्रण कार्यमा कठिनाई भएको उनले बताए ।

श्रेष्ठले रामधुनी नगर तथा इटहरी क्षेत्रमा सडक दुर्घटना प्रमुख चुनौती भएको भन्दै त्यस्कालागी आवश्यक न्यूनतम ६ स्थानमा सिसिटिभि जडान गर्न पहल गरिनु पर्ने सुझाव समेत दिएका छन् ।

इलाका प्रहरी कार्यालय पकलीले हाल रामधुनी नगरपालिका वडा नं. १,२,३,४,५,६ र ७ र इटहरी उपमहानगरपालिकाको वार्ड नम्बर १४ को आधा क्षेत्रफल, १५, १६,१७ र १८ वडालाई कार्यक्षेत्र बनाएर सुरक्षा प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

Tags: इलाका प्रहरी कार्यालय पकलीप्रहरी निरीक्षक प्रकाश श्रेष्ठ
ShareTweetPin
Previous Post

सुन्दरहरैंचा ५ मा काँग्रेसका सर्वसम्मत उमेद्धार, वडा अध्यक्षमा पुनः राम रिजाल सिफारिस

Next Post

प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना

Next Post
प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना

प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.