रामधुनी । बेलबारी नगरपालिकाको मुसहर बस्तीमा विविध कार्यक्रम गरेर हाम्रो सुनिश्चित भविष्य नेपालले नयाँ वर्ष मनाएको छ । संस्थाले बेलबारी नगरपालिका वडा नं ५ मा रहेका मुसहर बस्तीका बालबालिकाहरूसँग नयाँ वर्ष मनाएको हो ।
यतिवेला संस्थाले बेलबारी नगरपालिकासँगको समन्वयमा ऋषिदेव उत्थान कार्यक्रम अन्तर्गत मुसहर समुदायमा सामाजिक तथा आर्थिक विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । हाम्रो सुनिश्चित भविष्य नेपालकी प्रशासकीय अधिकृत सन्जु सुवेदीले मुसहर बस्तीका बालबालिकासँग नयाँ वर्ष मनाउँदा पाउँदा आफुलाई खुशि लागेको बताइन् ।
त्यस्तै संस्थाले नयाँ वर्षको दिन पारेर बिना ऋषिदेव को अध्यक्षतामा ११ सदस्सीय दिनाभद्री समृद्धि महिला समूहको गठनसमेत गरेको छ । सो समूहको उपाध्यक्षमा कविता मुसहर, सचिवमा दिपा ऋषिदेव, सहसचिवमा निशा ऋषिदेव र कोषाध्यक्ष डोम्नी ऋषिदेव रहेका छन् ।
सदस्यहरुमा मुन्नी ऋषिदेव, रोशनी ऋषिदेव, सेवन ऋषिदेव, रन्जना ऋषिदेव, पुर्नी ऋषिदेव र सब्री ऋषिदेव रहेका छन् ।


















