सुनसरी । नेपाली सेनाले विभिन्न चार हजार पदमा आवेदन खुलाएको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले विभिन्न चार हजार सिटको लागी दरखास्त आहवान गरेको हो ।
खुल्ला तर्फ २ हजार ९८ सिट, समावेशी तर्फ महिलामा ३५८, आदिवासी र जनजातीमा ५७२, मधेसीमा ५०५ ,दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएको छ । यस्तै सैनिकका सन्ततिका लागी ११० सिट सुरक्षीत गरीएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त र ज्यान गुमाएका नेपाली सैनिकका सन्ततिले कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
वैशाख १६ गतेभित्र दरखास्त दिनुपर्ने सेनाले उल्लेख गरेको छ । शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण भएको र उमेरहद १८ वर्ष पुराभई २२ वर्ष ननाघेको हुनुपर्ने छ । पुरुषको हकमा तौल ५० किलो, उचाई न्युनतम ५ फीट ३ इन्च हुनुपर्ने छ भने छाती नफुलाई ३२ र फुलाउँदा ३४ इन्च हुनुपर्ने छ ।महिलको हकमा भने उचाइ ५ फीट तथा तौल न्युनतम ४० किलो हुनुपर्ने जंगी अड्डाले सुचनामा उल्लेख गरेको छ ।


















