रामधुनी । नेपाली काँग्रेस रामधुनी ६ नं वडा कार्यालय भवनको उद्धाटन गरिएको छ । बिहिवार विहान नेपाली काँग्रेसका महाधीवेशन प्रतिनिधी तथा कार्यक्रमका प्रमुख अतिथी बद्रि नारायरण चौधरी, विशिष्ट अतिथी रोहित सुब्बा लगायतले संयुक्त रुपमा पार्टी कार्यालयको उदघाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै महाधीवेशन प्रतिनिधी चौधरीले वडा पदाधिकारीहरुलाई शुभकामना दिए । उनले आगामाी निर्वाचनमा रामधुनी–६ वडालाई काँगे्रस मय बनाउने गरी काम गर्न निर्देशन समेत दिएका छन् वडामा रहेका गाउहरुमा के कस्ता सम्सयाहरु रहेका छन् पत्ता लगाएर समस्या निवारण गर्नको लागी उनले सबैमा आग्रह गरे ।
वडा पदाधिकारीहरुले गाउँगाउँमा गएर गउँ कमिटी गठन ताथा तरुण दल गठन गर्न निर्देशन दिदै गाउँगाउँ बाट के कस्ता सम्सयाहरु आउने छन् ति समस्याहरुलाई पार्टी कार्यालयमा बसेर समाधान गर्न महाधीवेशन प्रतिनिधी रोहीत सुब्बाले आग्रह गरे ।
वडा सभापति आशिष श्रेष्ठले वडा नं ६ मा रहेका गाउँहरु मध्ये ८० प्रतिशत गाउँमा गाउँ कमिटी गठन गरिसकिएको र बाँकी गाउँमा चाडैनै कमिटी गठन गर्ने जानकारी दिए ।
भवन उद्घाटन कार्यक्रममा प्रदेश प्रतिनिधी जानकी चौधरी, शिवशंकर चौधरी, क्षेत्रिय प्रतिनिधी भोला चौधरी, बाल कृष्ण राजधामी, काँग्रेस नगर सभापति सुदीप अधिकारी, नगर पदाधिकारीहरु, वडा सभापति आशिष श्रेष्ठ, वडा पदाधिकारीहरु, तरुण दल नगर पदाधिकारीहरु, तरुण दल वडा पदाधिकारीहरु, टोल सभापतिहरु लगायतको उपस्थिती रहेको थियो ।

















