No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरमा रातोपाटीको प्रदेश १ कार्यालय उद्घाटन

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १६, २०७८
in समाचार, समाज
0
विराटनगरमा रातोपाटीको प्रदेश १ कार्यालय उद्घाटन
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक परिवर्तनमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले अहिले विभिन्न सामाजिक संजाल र युटुबमा आएको भ्रमपूर्ण प्रचारबाजीले व्यवसायिक पत्रकारहरुमा आक्रमण भइरहेको प्रति सजग हुनुपर्नेमा जोड दिए । ‘अहिले विभिन्न भ्रमपूर्ण समाचारहरु टिकटक, युटुबलगायतमा आउँदा पत्रकारहरुमाथि आक्रमण भइरहेको छ,’ रातोपाटी अनलाइनको विराटनगरस्थित प्रदेश कार्यालय उद्घाटन समारोहमा बोल्दै भण्डारीले भने, ‘स्वतन्त्र पत्रकारिताको क्षेत्रको विकासका योगदान गर्दै स्वतन्त्र, निष्पक्ष ढंगले जनताको अनलाइनको रुपमा रातोपाटी अनलाइनले भूमिका खेलोस् ।’

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रातोपाटी अनलाइनले पत्रकारितामा छुट्टै पहिचान बनाएको बताउँदै विराटनगरमा कार्यालय खोलेकोमा शुभकामना व्यक्त गरे । उनले विराटनगरको विकास र समृद्धिको कुरा देशव्यापी लैजान रातोपाटीलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनसरोकारका विषयमा राज्यलाई घच्घच्याउने काम संचारमाध्यामले गर्नुपर्ने बताए । उनले अत्यावश्यक विधेयकहरु नल्याएर स्वार्थअनुकूल अध्यादेश सरकारले ल्याउने गरेको तिर पनि संचारमाध्यामले ध्यान दिनुपर्ने । नागरिकताको विषय, विकास निर्माणको विषयमा अझै पनि पत्रकारिताले राज्यलाई दबाब दिनुपर्ने उनको भनाइ थियो ।

रातोपाटीका संस्थापक अध्यक्ष ओम शर्माले विराटनगर र प्रदेश १ को सवाललाई सम्बोधन गराउनका लागि राज्यलाई घच्घच्याउने काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै रातोपाटीका प्रधानसम्पादक अरुण बरालले रातोपाटीको प्रदेश १ पोर्टलको रुपमा छुट्टै विकास गर्न लागेको जानकारी दिए । उनले प्रदेश १ को हरेक विषयलाई स्थान दिन र विकास निर्माणमा बहस सिर्जना गर्न आफूहरु लाग्ने बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य महेश रेग्मी, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरे, जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य उमेश यादव, नेकपा एमाले विराटनगरका अध्यक्ष सागर थापा, नेकपा (माओवादी केन्द्र) विराटनगरकी सचिव नमिता न्यौपानेलगायतले शुभकामना व्यक्त गरेका थिए ।

ShareTweetPin
Previous Post

प्रथम पाँचकन्या कप चैत्र १८ गते देखी धरानमा हुने

Next Post

४० अंकले बढ्यो शेयर बजार

Next Post
शेयर बजार ३ अङ्कले बढ्यो

४० अंकले बढ्यो शेयर बजार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.