धरान । प्रथम पाँचकन्या कप-२०७८ चैत्र १८ गते देखी धरानमा हुने भएको छ ।
पाचँकन्या क्लब धरान ५ को आयोजनामा हुन लागीरहेको प्रथम पाँचकन्या कप धरान उपमहानगरपलिकाका ४, ५ र ६ नम्बरका जम्मा १४ टिमले सहभागिता जनाउने क्लवका सचिव जेम्स राईले जानकारी दिए ।
धरान ५ देउरालीमा रहेको क्लबले धरानका पुर्व गाविस पाचकन्याका ३ वडाहरुका फुटबल खेलाडीहरुलाई प्लेट फर्म दिनको लागी खेल आयोजना गरिएको क्लबका अध्यक्ष सुवास राईले जानकारी दिए । खेल यही चैत्र १८ देखि २६ सम्म धरान ५ स्थित हिमाली माविको खेल मैदानमा हुने छ ।
सहभागी हुने प्रत्येक टिमलाई दर्ता शुल्क रु ३००० हजार लाग्ने आयोजकले जनाएको छ भने , प्रतियोगीताका प्रथम हुनेले नगद रु ३० हजार प्रमाणपत्र र ट्रफी त्यस्तै दोस्रो हुनेले नगद २० हजार प्रमाणपत्र र ट्रफी पाउने आयोजकले जनाएकोछ ।

















