No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा एकदिने विपद सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १६, २०७८
in शिक्षा, समाचार, समाज, स्थानीय
0
मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा एकदिने विपद सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । मानिसको दैनिक जीवनमा आइपर्ने विपद एवं प्रकोप र त्यसबाट जोगिने उपाय बारे विधार्थीहरुलाई जानकारी दिंदै एकदिने विपद जोखिम न्यूनीकरण सम्बन्धि एकदिने सचेतना कार्यक्रम संचालन सम्पन्न भएको छ ।

इटहरी(६ स्थित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुलमा रहेको मोडर्न बाल क्लबको आयोजनामा विद्यालयमा अधययनरत एकसय जना भन्दा बढि विद्यार्थीहरुलाई प्रकोप एवम् विपदबाट जोगिने उपायहरुबारे जानकारी गराईएको हो ।

सशस्त्र प्रहरी बल नम्बर १, बराह बाहिनी पकलीले सहजीकरण गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीबलका प्रदेश स्तरीय विपद व्यवस्थापन टिमका कमान्डर डिएसपी विरेन्द्र खनालले प्राकृतिक एवम् मानिवय कमजोरीका कारणले आइपर्ने विपद एवं प्रकोपबाट जोगिने उपाय बारे स्कुले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

कुनैपनि प्रकोप वा विपदले पूर्व सूचना दिएर नआउने बताउँदै आईपर्ने दुर्घटनाबाट बच्न विपद व्यवस्थापन र क्षति न्यूनीकरण बारेको चेतना र पूर्व तयारी अत्यावश्यक रहेको बताए ।

डिएसपी खनालले भने, विपदबाट बच्न पहिलो कुरा समुदायको चेतनाको स्तर बढाउँनु पर्छ । अर्को कुरा, सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्नुपर्छ । त्यसकालागि विद्यालय स्तरबाटै विद्यार्थीहरुलाई जोखिम न्यूनीकरणका उपाय सिकाउँन सके समुदाय स्तरमा जोखिम न्यूनीकरणमा सहयोग पुग्छ ।’

विगतमा चीन र हाईटीमा गएको भूकम्पमा भएको मानवीय र भौतिक क्षतिको तुलना गर्दै विपद व्यवस्थापनका विज्ञ डिएसपी खनालले पूर्व तयारी र विपद सम्बन्धि चेतना भएकाले चीनमा मानवीय र भौतिक क्षति तुलनात्मक रुपमा कम भएको बताए ।

भूकम्प, बाढी, आगलागीको जोखिम हामीकहाँ उच्च रहेको बताउँदै उनले भने, ‘पूर्व तयारीको अभाव र समुदाय स्तरमा चेतनाको कमिले हईटीमा मानवीय र भौतिक क्षति बढी भयो । हामीले पनि तयारी र चेतना बृद्दी गराउन सकेनौं भने ठुलो क्षति बेहोर्नुपर्ने अवस्था छ ।’

त्यसैगरी, विद्यालय संचालक समितिका अध्यक्ष संजीव वाग्लेले यस्ता सचेतनामुलक प्रशिक्षणले कार्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढ्नुपर्ने विपद सम्बन्धि विषयहरुमा अझ जागरुक र सचेत बनाउँने बताउँदै समाजमा आइपर्ने विभिन्न प्रकोप एवम् विपद व्यवस्थापन, न्यूनीकरणमा योगदान गर्ने बताए ।

समाज जोखिम न्यूनीकरणमा जति सचेत हुन्छ प्रकोपबाट हुने क्षति त्यतिनै कम हुने बताउँदै वाग्ले भने, ‘विपद न्यूनीकरणको लागि विपद व्यवस्थापन संबन्धि चेतनाले धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसका लागि किशोर किशोरी अवस्था बाटै दिईने यस्ता प्रशिक्षणहरुले समाजमा आइपर्ने विपदको सम्भावित जोखिम कम गर्न मद्दत गर्छ ।’

बुधवार ‘मोर्डन बाल क्लब’को आयोजनामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक भीम बहादुर श्रेष्ठले कार्यक्रममा सहभागी हाम्रा बालबालिकाले विपदबाट जोगिने विषयमा राम्रो जानकारी पाएको बताउँदै यस्ता कार्यक्रमले भोलिहुने सम्भावित क्षति न्यूनीकरणका लागि चेतनशील समाज निर्माणमा समेत महत्त्वपूर्ण योगदान हुने बताए ।

Tags: इटहरीइटहरी उपमहानगरपालिकामोडर्न प्रिपेरेटोरीमोडर्न प्रिपेरेटोरी सेकेण्डरी बोर्डिंङ्ग स्कुल
ShareTweetPin
Previous Post

सुन्दरीजलमा टिपरको ठक्करबाट दुई वालिकाको मृत्यु

Next Post

प्रथम पाँचकन्या कप चैत्र १८ गते देखी धरानमा हुने

Next Post
धरानमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि

प्रथम पाँचकन्या कप चैत्र १८ गते देखी धरानमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.