काठमाडौँ । काठमान्डौको सुन्दरीजलमा टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु भएको छ । आफ्ना बाबुको मोटरसाइकलमा स्कुल जादै गरेका दुई दिदी बहिनीको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट मृत्यु हुनेमा ८ वर्षीया सृष्टि घिसिङर ४ वर्षीय श्रेया घिसिङ रहेका छन् । उनीहरुका बुवा रोहन घिसिङ भने घाइते भएका छन् उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।
ब ४ ख ६९६५ नं को बालुवा बोकेको टिपरले वा ५१ प् ८७३३ नं को मोटरसाइकललाई ठक्कर दिएको महानगरी प्रहरी बृत्त बौद्धले बताएको छ । टिपर चालक फरार रहेका छन् । चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

















