सुनसरी । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले निजी हातहतियार प्रहरी प्रशासनमा बुझाउन आदेश दिएको छ ।
सार्वजनिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले इजाजत प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आदेश दिएको हो ।
आउदो स्थानिय तहको निर्वाचनमा शान्ति सुरक्षा कायम राख्नको लागी जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासनले सबैमा अनुरोध गरेको हो ।
तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सुचना जारी गरिएको जानकारी दिए । यदी तोकिएको समय अनुसार हातहतियार नबुझाएमा कानुन बमोजिम जाने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।


















