रामधुनी । एलआइसी (नेपाल) इटहरी शाखाले १ करोड ६ लाख ७० हजारको मृत्यु दाबी भुक्तानी गरेको छ ।
इटहरी शाखाका प्रबन्धक गुन्जेशप्रसाद ठाकुर तथा एजेन्सी म्यानेजर बैजनाथ चौधरीले गत शनिवार इटहरी उपमहानगरपालिका-५ पचरुखीका स्थानिय हार्डवेयर व्यवसायी तथा बराह हार्डवेयरका सञ्चालक स्व. अम्बरबहादुर राउतकी आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।
राउतले २०७७ साल असोज ११ गते ४७ वर्षको उमेरमा पहिलो वार्षिक किस्ता रु ५,३८,९३७ भुक्तान गरेर १ करोरको आजिवन जीवन बिमा गरेका थिए । पहिलो किस्ता मात्र बुझाएका राउतको कोरोनाका कारण २०७८ साल जेठ २७ गते उपचारका क्रममा गत असार १८ गते विराट मेडिकल कलेज तथा टिचिङ अस्पताल, बिराटनगर निधन भएको थियो । उनको निधनपछि आश्रित परिवारले आवश्यक प्रक्रिया पूरा गरी बीमा दाबी गरेका थिए । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी बीमितकी श्रीमति हेमा चौहानलाई बीमा दाबी भुक्तानी बापत बीमा रकम रु १ करोड र बोनस रु ६ लाख ७० हजार गरी जम्मा १ करोड ६ लाख ७० हजार हस्तान्तरण गरेको छ ।
बिमा दावी रकम कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै हस्तान्तरण गरेको हो । कार्यक्रममा इटहरी शाखाका प्रबन्धक गुन्जेश ठाकुर, एजेन्सी म्यानेजर बैजनाथ चौधरी, अभिकर्ता शुकमान तामाङ लगायतको उपस्थिति रहेको थियो । मृत्यु दाबी भुक्तानी कार्यक्रममा श्रीमती हेमा चौहानले आफ्ना श्रीमानलाई गुमाउनु पर्दाको क्षतिपूर्ति कहीं कतैबाट नहुने बताउँदै आर्थिक रुपमा भने बीमाले ठूलो राहत प्रदान गरेको बताइन् ।

















