इटहरी । नेपाल मदिरा ब्यावसायी महासंघको दोस्रो राष्ट्रिय प्रादेशिक परिषद तथा महासंघको केन्द्रिय साधारणसभा बिराटनगरमा हुने भएको छ। महासंघले आगामी बैशाख २ / ३विराटनगरमा दोस्रो राष्ट्रिय प्रादेशिक परिषद तथा महासंघको केन्द्रिय साधारणसभा गर्ने भएको हो।
नेपाल मदिरा ब्यावसायी महासंघ प्रदेश नं १ का अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्य शोनाम शेर्पाको प्रमुख आतिथ्यतामा हुने तथा प्रदेश नंः १ का कार्यसमितिका सदस्यका साथै ६०० जना मदिरा ब्यबसायीको उपस्थिति रहने महासंघ सचिव रमेश आचार्यले जानकारी दिए।
नेपाल मदिरा ब्यवसायी महासंघ र प्रदेश समितिले आयोजना गर्ने उक्त भेलाले मदिरा ब्यबसायीहरुको हक, हित र ब्यावसायीक सुरक्षाका साथै ब्यवसायीक योजना र रणनीतिहरुको बारेमा छलफल तथा समिक्ष गर्ने सचिव आचार्यले जानकारी दिए।
कोरोना महामारी तथा आर्थिक समस्याका कारणले ठप्प भएको ब्यावसायलाई गतिशिल वनाउन र सौलियतपूर्ण ऋिण, क्षतिपुर्ति ब्यावस्था लगायतका आर्थिक योजनाहरु ल्याउन राज्यलाई दवाव दिने महासंघको रणनीति रहेको सचिब आचार्यको भनाइ छ ।

















