रामधुनी । सुनसरीको इटहरीमा बम विस्पोट भएको छ विस्पोटमा परी २ जना घाइते भएका छन् ।घाइते हुनेमा इटहरी २ नवजागृती टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र शेरजङ गुरुङ रहेका छन् । थापाको डेरा भित्र गएराति १० वजे वम बिस्पोट भएको हो ।
थापाको आँखामा चोट लागेका कारण उपचारका लागी विराटनगर आँखा अस्पताल लगीएको र गुरुङको वि पी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको र दुवैको स्वास्थय अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, अरु कसैले पड्काएको भन्दापनि उनीहरुले आफैले राखेको सुतली बम पडकिएको हुनसक्ने बताएको छ । घटनामा हिमाल शुरक्षा परिषद नेपाल नामक पर्चा समेत पहरीले बरामद गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















