विराटनगर । नेपाली काँग्रेस विराटनगर ७ वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा तथा प्रखर वक्ता केदार कार्कीले भवनको उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कार्कीले वडा नं ७ चुनावका लागि जहिल्यै तयारी अवस्थामा रहेको बताए । काँग्रेसले सो वडामा मत मात्र प्राप्त नगरेको बताउँदै उनले जनताको मन पनि प्राप्त गरेको बताए ।
चुनावमा काँग्रेस एक जुट हुनुपर्ने बताउँदै चुनावमा टिकट अनुभवीले पाउने उल्लेख गरे । वडाका सभापति अशोक राज विष्टले सो कार्यालय कांग्रेसजनको दुःख बिसाउने चौतारी भएको बताउँदै कार्यकर्ताले हरेका कुराहरू कार्यालयमा आइ राख्न आग्रह गरे । कार्यकर्ताका हरेक कुराको सम्बोधन गर्ने उनको भनाई छ ।

















