इटहरी । रियलमी मोबाईलको सर्भीस सेन्टर इटहरीमा खुलेको छ । इटहरी पश्चिम लाईन सुर्य कम्प्लेक्समा शनिवार एक विशेष कार्यक्रमका विच सर्भीस सेन्टरको उद्धघाटन भएको हो । रियलमीका नेपाल प्रमुख मुनीस गिरिले इटहरीको सुर्य कम्प्लेक्समा सर्भीस सेन्टरको उद्धघाटन गरेका हुन् ।
सर्भीस सेन्टर उद्धघाटन पछि कुरागर्दै गिरिले मोबाईले सबैभन्दा सहज र गोप्य डिभाइस भएकाले रियलमीले सेवाग्राहीको सुबिधामा ध्यान दिएको बताए ।
प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर प्रोसेसर, वनावट देखी क्यामेरामा फोकस गरिएको उनको भनाई छ । रियलमी युवा प्रयोगकर्ताको लागि पुर्णत लाभदायक हुने भन्दै गिरिले अबको समय रियलमीको भएको विश्वास व्यक्त गरे ।
नेपालमा प्रयोगकर्ताको विश्वासिलो ब्राण्ड हुन चाहेको र पछिल्लो समय त्यस्तै प्रतिकृया पाएको गिरिको अनुभव छ । पछिल्लो २ महिना देखी लिक्वीडिटि क्राईसिसले बजारलाई असर गरिरहेको उनको बुझाई छ ।
रियलमीका पुर्वाञ्चल बजार व्यवस्थापक रमन सुवेदीका अनुसार व्यापारीक हिसाबमा इटहरी प्रदेश १ कै केन्द्र भएकाले इटहरीमै सर्भीस सेन्टर खोलीएको हो । जसलेगर्दा विराटनगर, धरान, विर्तामोड देखी पहाडका प्रयोगकर्ताले समेत सेवा पाउने उनले सुनाए । मोबाईलमा केही समस्या आएमा सजिलै सेवा पाउनको लागि सर्भीस सेन्टर खोलीएको सुवेदीले जानकारी दिए । इटहरीलाई अन्य ब्राण्डले पनि ध्यान दिएको कारण आफुहरुपनि आकर्षीत भएको उनको भनाई छ ।
रियलमीको अधिकृत विक्रेता तथा रत्न इन्टरप्राईजेजका संचाल जर्मन पौडेल सर्भीस सेन्टर खुलेकोमा खुसी व्यक्ती गर्छन् । ओलीज स्टोर इटहरीका संचालक समेत रहेका उनले मोबाईल विक्री संगै प्रयोगकर्तामा सर्भीसको सेवाले आकर्षण थपेको उनले बताए । पछिल्लो समय मोबाईको व्यापारमा खासै सुधार नभएपनि बजार सुधारोन्मुख भएको उनको भनाई छ । सर्भीस सेन्टर खुलेपछि ग्राहकले पनि ढुक्क भएर मोबाईल किन्ने अवस्था सृजना भएको उनले प्रष्ट पारे ।


















