काठमान्डौ । १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका २ घर भएका २८ वर्षीय दिनेश तामाङ रहेका छन् ।
प्रहरीले चाँगुनारायण नगरपालिका २ झौखेल ठुटे ईटाभटामा काम गर्ने तामाङालाई बुधबार साँझ पक्राउ गरेको हो । ती किशोरीलाई तामाङले बलात्कार गरेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरीले तामाङलाई पक्राउ गरेको हो
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भईरहेको बताएको छ ।


















