इटहरी ।प्रेस युनियन सुनसरीले इटहरीको कार्यसमितिलाई पूर्णता दिएको छ । आइतबार इटहरीस्थित युनियन सुनसरीको कार्यालयमा बसेको बैठकले इटहरी समितिलाई पूर्णता दिइएको हो ।
समितिको संयोजकमा विनय बाह्रकोटी चयन भएका छन् । यस्तै सह संयोजकमा खेमराज सापकोटा चयन हुँदा सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः मनोज दहाल, स्मारिका राई र राजकुमार खाती चयन भएको प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईले जानकारी दिए ।
कार्यसमितिको सदस्यहरूमा एलएन गच्छदार, रविन राउत, विजय पराजुली, सुजित मगर, एल्बिना बराइली, सुमन रेग्मी, आरके कटुवाल, धिरेन्द्र मण्डल, भीम कुमार चौधरी र विमल चौधरी चयन भएका छन् ।
कार्यसमितिलाई पूर्णता दिने क्रममा युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रेस युनियन सुनसरीले पत्रकारका हक हितमा गरेको कामको स्मरण गर्दै युनियनलाई मजबुत बनाउनका लागि पर्न निर्देशन दिए । प्रेस युनियन सुनसरीले सञ्चारकर्मीका लागि दुर्घटना बिमा, कोरोना बिमा, सञ्चारकर्मीको निःशुल्क आँखा तथा कान परीक्षण सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम लगायत गर्दै आएको छ ।
कार्यक्रममा प्रेस युनियन सुनसरीका पूर्व सभापति एवं पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले अब आउने पीढीले नै महासङ्घको नेतृत्व समाल्ने बताए ।

















