रामधुनी । बराहक्षेत्र नगरपालिका १ कोशीको भङगालोस्थित खयरघारी बाट २२१ किलो प्रतिवन्धित लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ ।हिजो साँझ प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा प्लाष्टिकको ७ वटा बोरामा उक्त गाँजा भेटेको थियो । यति धेरै मात्रामा गाँजा काहाँ बाट आयो र कसले ल्यायो भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

















