इटहरी । प्रदेस १ लाई सडक मानवमुक्त बनाउने मुल उद्येश्य सहित गत फागुन २१ गतेदेखि इटहरीमा सञ्चालन गरिएको माया घर नेपाल सहयोगार्थ ऐतिहासिक श्रीमद् भागवत जिवन दर्शन महायज्ञ सम्पन्न भएको छ ।
माया घर सञ्चालनार्थ रू एक करोडको अक्षयकोष स्थापना गरि आश्रीत असहाय तथा अशक्तहरूलाइ उतिच शिक्षा स्वास्थ्य लगायत ब्यवस्थापनमा सहजता प्रदान गर्ने उद्येश्य सहित आयोजना भएको महायज्ञ शनिबार सम्पन्न भएको हो । एक करोडको अक्षयकोष स्थापना गर्ने लक्ष राखेको श्रीमद् भागवत जिवन दर्शन महायज्ञबाट ५० लाख ११ हजार २६ रुपैयाँ संकलन भएको अयोजक माया घर नेपालले जनाएको छ ।
वि.स.२०७४ सालमा स्थापना भएको माया घर नेपालले हाल सम्म ४ हजार बढी मानिसहरुलाई संरक्षण पुनरस्थापना र परिवार मिलन गराई सकेको छ । हाल माया घर नेपालले १ सय १५ जनालाई संरक्षण दिदै आएको छ ।


















