इनरूवा । सुनसरीको इनरुवा– ४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका–८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरको टोलीले लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले ९६ ग्राम लागुऔषध ब्राउनसुगर तथा लागुऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।