ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा रहेको कोप्चे बजारमा लागेको आगलागीमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मैवाखोला गाउँपालिका घर भइ रविन आङ्बुहानको घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा जुलीमाया लिम्बुको जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको छ । घाइते १६ वर्षीया रविना लिम्बुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट सङ्गीता मादेनको घर पूर्णरूपमा जलेको छ भने रविन आङ्बुहानको घरमा आंशिक क्षति भएको छ ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रजिअ पोखरेलले बताए ।

















