No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र ‘चिसो एस्ट्रे’ को युनिट अभिनेत्री सृष्टि श्रेष्ठसहित पुर्वमा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २७, २०७८
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
चलचित्र ‘चिसो एस्ट्रे’ को युनिट अभिनेत्री सृष्टि श्रेष्ठसहित पुर्वमा
Share on FacebookShare on Twitter

इटहरी । कोरोनाका कारण थलिएको नेपाली चलचित्र उधोग यतिबेला बिस्तारै उठ्ने क्रममा छ । नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि यतिबेला चलचित्रकर्मीहरुमा नयाँ जोश देखिएको छ । त्यसै अनुरुप होलिलाई मध्यनजर गरेर यहि चैत्र ४ गते प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘चिसो एस्ट्रे’ को युनिट यतिबेला प्रचारप्रसारको लागि देश दौडाहामा निस्किएको छ ।

चलचित्रको प्रचारकै क्रममा प्रदेश १ आईपुगेको निर्माण युनिटले बिराटनगर इन्टरनेसनल कलेज, र इटहरी इन्टरनेसनल कलेजुमा कलेज क्याम्प समेत गरेको छ भने इटहरीमा पत्रकार सम्मेलन समेत गरेको छ ।

प्रचारप्रसारका लागि चलचित्रकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता निकुन श्रेष्ठ र कार्यकारी निर्माता महेशबाबू तिमिल्सिनाको उपस्थिति रहेको थियो । बिराटनगर र इटहरीको कलेज क्याम्पमा निर्माण युनिटले छायांकनका क्रममा गरिएको ब्यवस्थापन पक्ष र सो बेलाको आरोह-अवरोहलाई कलेजका बिद्यार्थीहरु माझ प्रस्तुत गरिएको थियो । त्यस्तै चलचित्रको ट्रेलर समेत देखाउदै कलेज क्याम्पमा निर्माण युनिटले चिसो एस्ट्रेलाई हलमा हेर्दै नेपाली चलचित्रलाई माया गर्न आग्रह गरे ।

यस्तै इटहरी र धरानका पत्रकारहरू उपस्थित रहेको पत्रकार सम्मेलन इटहरीमा अवस्थित पुर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनुको कार्यालयमा आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका कार्यकारी निर्माता तिमिल्सिनाले कोरोनाले गर्दा चलचित्र प्रर्दशनमा ल्याउन ढिलो भएपनि नेपाली दर्शकहरुले रुचाउने विषय भएको जानकारी दिए । यस्तै चलचित्र प्रचारप्रसारका लागि प्रदेश १ आइपुगेकी चिसो एस्ट्रेकी प्रमुख नायिका श्रेष्ठले चलचित्रले नेपाली दर्शकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन् ।

पत्रकार सम्मेलनमा उपस्थित भएका अभिनेता निकुनलेपनि गाउँबाट सहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छ भन्ने कुरा चलचित्रले प्रस्तुत गर्नेु र ७ वर्षको अन्तरालमा धेरै दुख र मेहनत सहित निर्माण सम्पन्न भएको यो चलचित्रले दर्शकहरूको लगानी उठाउनेमा कुनै संका नरहेको उनले बताए ।

चलचित्र चिसो एस्ट्रे कवि भुपी सेरचनको कविता चिसो एस्ट्रेबाट प्रभावित भएर निर्माण गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्माता तिमिल्सिनाले बताए । उनले भने नेपालमा साहित्यबाट प्रभावित भएर चलचित्र वनाउने कार्य कमै हुन्छ, आफु पनि साहित्य तथा चलचित्रका क्षेत्र रुचि राख्ने मानिस भएको कारण ‘चिसो एस्ट्रे’ कविताबाट प्रवावित भएर सोही शिर्षकमा चलचित्र निर्माण गरेको हो ।

दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा सृष्टि श्रेष्ठ र निकुन श्रेष्ठको अलावा दिव्य देव, सुशील पाण्डे, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ । दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । सह-निर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् । निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

Tags: 'चिसो एस्ट्रे'
ShareTweetPin
Previous Post

सप्तरी काङ्ग्रेस सभापतिमा कोइराला पक्षका साह बिजयी, मन्त्री कार्कीको सफलता

Next Post

महिलाले अधिकार मागेर हैन लडेर लिनुपर्छ : मन्त्री कार्की

Next Post
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

महिलाले अधिकार मागेर हैन लडेर लिनुपर्छ : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.