सप्तरी । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत सप्तरी जिल्ला सभापतिमा डा. शेखर कोइराला पक्षका उमेदवार रामदेव साह बिजयी हुनुभएको छ ।
विहिबार सम्पन्न मतगणना अनुसार शेरबहादुर देउवा पक्षका उमेदवार सत्रुघन यादवलाई ११६ मत अन्तरले पराजित गर्दै साह बिजयी हुनुभएको हो ।
अन्तिम मत परिणाम अनुसार साहले ११८६ र यादवले १०७० मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
साहलाई जिताउन लागि कोइराला समुहबाट प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीलाई प्रतिनिधि खटाइएको थियो ।
महाधिवेशन अन्तरगत पछिल्लो समय निर्वाचन भएका अन्य जिल्लामा पनि कोइराला समुहका प्रतिनिधि खटाइएको थियो । कार्कीले भने सुटुक्क गएर आफ्नो समुहका उमेदवार जिताएर सफलता हात पार्नुभयो । सो जिल्ला देउवा समुहको पकडको जिल्ला मानिन्छ ।


















