No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २३, २०७८
in राजनीति, समाचार, हेडलाइन
0
नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सम्पन्न
Share on FacebookShare on Twitter

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो पोलिटब्यूरो बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी पुनर्गठनदेखि हालसम्मका संगठनात्मक कार्यहरुको समीक्षा,बर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको विश्लेषण आगामी निर्वाचन र आगामीकार्य योजना समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पोलिटब्यूरो बैठकमा अध्यक्ष नेपालले पार्टीको सम्पूर्ण शक्तिलाई पूर्ण उत्साहका साथ कृयाशिल हुन आफूहरुले प्राप्त गरेका उपलव्धिहरुमाथि गौरव गर्न र सम्पूर्ण पार्टी पंतिलाई आसन्न स्थानीयतहको निर्वाचनमा परिचालित गर्न आह्वान गरेका थिए ।एमसीसी सम्झौतालाई संसदवाट अनुमोदन गर्ने विषयमा आफूहरुले धेरै नै सुझबुझपूर्ण निर्णय गरेको, अहिलेको राजनीतिक परिस्थितिमा संसदले ब्याख्यात्मक घोाव्णाका साथ पारित गर्नाले हामीले उठाईरहेको आवाजलाई राष्ट्रिय अडानको रुपमा परिणत गर्न सफलता प्राप्त गरेको, पार्टी तथा देशमाहुन सक्ने विभिन्न प्रकारका क्षतिहरुबाट देशलाई जोगाएको धारणा राख्दै ‘हाम्रो पार्टी न कसैसँग झुक्छ, न कुनै कुरामा बहकिन्छ,जहिले पनि देशको हीतलाई केन्द्रबिन्दूमा राखेर काम गर्ने बताएका थिए ।

एमसीसी सम्झौतालाई संसदवाट अनुमोदन गर्दा हामीले आफ्नो सिद्धान्तलाई तिलाञ्जली गरेका होईनौ बरु देशको परिस्थितिलाई मध्यनजर गर्दै गठबन्धनको साझा निर्णय गरेको बैठकपछि महासचिव बेदुराम भुसालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

आगामी बुधबार र बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सोमबारको पोलिटब्यूरो बैठकमा छलफल भएको बताईएको छ । नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ३७ जना सदस्यहरुले टिप्पणी गरेका छन् । प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरूले संगठनलाई व्यवस्थित गर्न पार्टी तथा जनवर्गीय संगठन सवैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् ।

एमसिसीबारे मतभेद भएपनि पार्टी निर्णयलाई आत्मसात गर्दैं अगाडि बढ्नुपर्ने सदस्यहरूले बताएका छन् । पोलिटब्यूरो सदस्यको सुझावको आधारमा अध्यक्षले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने कार्ययोजना छ । बैठकमा नेपालले पार्टीले सुझबुझपूर्ण निर्णय गरेको, देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको बताएका थिए । गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे नेपालले चर्चा गरेका थिए ।

पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरणहरू समेटिएको अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिएसँगै पोलिटब्यूरो बैठक सम्पन्न भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

 

ShareTweetPin
Previous Post

सोलुखुम्बुमा विमानस्थल नजिक आगलागी हुँदा उडान अवरुद्ध

Next Post

खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

Next Post
खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

खेलाडिको काँधमा देशको गौरव जोडिएको छः मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.