रामधुनी । इटहरी उपमहानगरपालिकाको नगर गौरवको योजना अन्र्तगत कचना वुढिगंगा स्कुल इटहरी ४ को छात्रावास सहितको सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको छ ।
इटहरी उपमहानगरपाकिाका प्रमुख द्धारिकलाल चौधरीले भवनको शिलान्यास गरेका छन् । १५ करोड ४४ लाख ७७ हजारका लागतमा दुई बर्ष भित्रमा छात्रावास सहितको तीन तले भवन निर्माण हुने उपमहानगरका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । भवन शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख चौधरीले आफनो कार्यकालमा इटहरीको भौतिक पूर्वाधार विकासमा फडको मारेको बताए ।
इटहरी उपमहानगपालिकाका वासिन्दाको उल्लेख्य सहयोगमा इटहरीका जनप्रतिनिधिले सम्वृद्धिको अगुवाई गरेको बताए ।
इटहरीवासीले गाँस काटेर दिएको करवाट इटहरी वनेको उनको भनाई छ । उपप्रमुख लक्ष्मी गौतमले छात्रावास सहितको अत्याधुनिक सामुदायिक विद्यालय यो सुनसरीमै पहिलो हुने दावी गरिन् ।उनले यो इटहरी उपमहानगरको शैक्षिक क्षेत्रको फरक र महत्वपूर्ण गौरवको कार्यक्रम रहेको बताइन् ।
शिक्षासेवी लेखनाथ घिमिरेले यति ठूलो योजनाका लागि पहल गर्ने इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिप्रति आभार ब्यक्त गरेका छन् । वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईको अध्यक्षतमा भएको कार्यक्रमलाई उपमहानगर शिक्षा महाशाखाप्रमुख सूर्य सुवेदी,पूर्व प्रधानाध्यापक केशव सुवेदी,इटहरी खानेपानी सस्थाका अध्यक्ष रामप्रसाद चौलागाई,पूर्व प्रधानाध्यापक केशव सुवेदी,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष दामोदर सापकोटा लगायतले सम्वोधन गरेका थिए ।
इटहरी उपमहानगरपालिकाको पहलमा राष्टिय योजना आयोग मार्फत संधीय सरकारको विशेष अनुदानमा उपमहानगरपालिकाको दश प्रतिशत लगानी थप गरि भवन निर्माण हुने छ ।

















