रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल रामधुनी नगर कमिटीको अध्यक्षमा मनिष काफ्ले र युथ फोर्स रामधुनीको प्रमुखमा सन्देश कोइराला चयन भएका छन् ।
शनिबार रामधुनीमा एक कार्यक्रमका विच युवा संघ र युथ फोर्सको रामधुनी नगर कमिटी घोषणा गरिएको हो । राष्ट्रिय युवा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा संगठन् विभाग प्रमुख एवंम युथ फोर्स प्रमुख क्षितिज थेवे प्रमुख अतिथि र एमाले सुनसरीका अध्यक्ष रेवती रमण भण्डारी लगायत जिल्ला, प्रदेशका नेताहरूको उपस्थितीमा युवा संघ र युथ फोर्सको रामधुनी नगर कमिटी घोषणा गरिएको हो ।
काफ्लेको नेतृत्वमा ७५ सदस्यीय युवासंघ रामधुनी नगर कमिटी र कोइरालाको नेतृत्वमा ५१ जनाको युथ फोर्स कमिटी निर्माण गरिएको छ ।
युवासंघ रामधुनीको अध्यक्ष मनिष काफ्ले उपाध्यक्षमा प्रकाश विक, सचिवमा पर्शुराम लुइटेल, र उप–सचिवमा राजेश गिरी तथा ओमराज चौधरी चयन भएका छन् । त्यस्तै, युथ फोर्सको प्रमुखमा सन्देश कोईराला उप–प्रमुखमा उमेश कार्की चयन भएका छन् ।

















