काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन भएको छ । आइतबार संघीय संसद् अन्तर्गत बसेको प्रतिनिधि सभा बैठकले एमसीसी अनुमोदन गरेको हो ।
आइतबार दोस्रोपटक बसेको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरेको हो ।
अर्थमन्त्री जर्नादन शर्माले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनका लागि राखेको प्रस्तावमा संसद्मा बहुमत सदस्यहरूले समर्थन गरेका हुन् ।

















