महाशिवरात्रि नजिकिएसँगै पशुपतिमा बाबाहरुको चहलपहल बढ्न थालेको छ । विगतका वर्षहरू जस्तै यसवर्ष पनि पशुपतिनाथ मन्दिर परिसरमा बाबाहरू छिमेकी मुलुक भारत बाट आउने क्रम सुरू भएसँगै महाशिवरात्रिको रौनक बढेको छ ।
भगवान् शिवको प्रमुख पर्व मानिने महाशिवरात्रि मनाउन छिमेकी मुलुक भारतबाट र नेपालका विभिन्न भूभागबाट बाबाहरू पशुपति क्षेत्रमा आउने गर्दछन् ।
महाशिवरात्रि सकिएपछि भारतबाट आएका बाबाहरूलाई पशुपति क्षेत्र विकास कोषले ससम्मान दानदक्षिणासहित बिदा गर्ने चलन रहेको छ । पशुपति क्षेत्र सिंगारने कार्य तिव्र पारिएको छ ।यस दिनलाई भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिने गरिन्छ ।

















