No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सप्तकोसी बैंकका पूर्वसीईओ सुवेदीसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतकाे आदेश

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १४, २०७८
in अपराध, समाचार, स्थानीय, हेडलाइन
0
कोरोना बिमा भुक्तानी माग्दै उच्च अदालत विराटनगरमा रिट दायर
Share on FacebookShare on Twitter

विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंकमा करोडौं रकम हिनामिना गरेको आरोपमा तत्कालीन बैंकका सीईओ नवीन सुवेदीसहित तीन जना कर्मचारीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

शुक्रबार उच्च अदाल विराटनगरले बैंकका सीईओ नवीन सुवेदीसहित तीन जना कर्मचारीलाई उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

त्यस्तै बैंकका एक कर्मचारीलाई भने दुई लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजालसले विराटनगर ६ घर भएका सीईओ सुवेदी, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख विराटनगर १ का हिमाल भट्टराई र वित्तीय प्रमुख देवीप्रसाद भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

बैंकका अपरेसनल प्रमुख अमित थापा मगरलाई दुई लाख रुपैयाँ धरौटी लिएर छोड्ने आदेश भएको उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । पक्राउ परेका चारै जनाको बिहीबार बयान सकिएपछि शुक्रबार थुनछेक बहस भएको थियो ।

आदेशपछि पूर्व सीईओ सुवेदी, जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख भट्टराई र वित्तीय प्रमुख भण्डारीलाई पुर्पक्षका लागि थुनामा मोरङ कारागार पठाइएको र मगरले धरौटी बुझाएपछि रिहा भएको उनले बताए । उनीहरुसँगै पक्राउ परेको बैंकका कर्मचारी हामेप्रसाद पौडेललाई कोरोना संक्रमण भएकाले निको भएपछि उनको बयान गराएर थुनछेक बहस हुने सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘बैंकिङ कसुर’ मुद्दामा सुवेदीसहित ९ जना बैंकका कर्मचारी र तीन जना खाताबालालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गराएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले बैंकको हिनामिना भएको १५ करोड ७५ लाख र ५ सय ७५ रुपैयाँ र सोही बराबरको जरिबाना तथा ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा १२ जनाविरुद्ध दर्ता गराएको हो ।

सरकारी वकिलको कार्यालयले सीईओ सुवेदी, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख भट्टराई, वित्तीय प्रमुख भण्डारी, अपरेसनल प्रमुख मगर, पौडेलविरुद्ध मुद्दा दर्ता गराएको छ । बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकको कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौलाविरुद्ध मुद्दा दर्ता गराइएको हो । खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईविरुद्ध मंगलबार मुद्दा दर्ता भएको थियो । उनीहरु ७ जना फरार छन् ।

विराटनगर महानगरपालिका ७ स्थित सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५७५ रूपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेपछि प्रहरी ५ जनालाई पक्राउ गरेर मुद्दा दर्ताका लागि सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो ।

सीईओ सुवेदीले बैंकमा परिवारका सदस्यहरुको सञ्जाल बनाएर बैंकको मुनाफा रकम रेमिटेन्सबाट आएको देखाएर हिनामिना गर्दै आएका थिए । काबेली विकास बैंक धनकुटा र सप्तकोसी डेभलपमेन्ट विकास बैंक मोरङ २०५७ जेठ २२ गते गाभिएपछि केन्द्रीय कार्यालय धनकुटामा राखेर सप्तकोसी डेभलपमेन्ट विकास बैंकको नामबाट वित्तीय कारोबार गर्दै आएको छ ।

Tags: उच्च अदालत विराटनगरकरोडौं रकम हिनामिनासप्तकोसी डेभलपमेन्ट बैंक
ShareTweetPin
Previous Post

नक्कली भारतिय नोट सहित ३ जना पक्राउ

Next Post

महाशिवरात्रि नजिकिएपछि पशुपतिमा बाबाहरुको चहलपहल

Next Post
महाशिवरात्रि नजिकिएपछि  पशुपतिमा बाबाहरुको चहलपहल

महाशिवरात्रि नजिकिएपछि पशुपतिमा बाबाहरुको चहलपहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.