लिखुपिकेमा निर्माणाधिन एमडी दुगड हाईड्रोपावरमा सवारी दुर्घटना हुँदा चालकको घटना स्थलमै मुत्यु भएको छ ।
ज्यान गुमाउनेमा गोरखा सौरापानीका ३० वर्षीय अर्जुन थेवाली मगर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।
कटवालका अनुसार गएराति २ बजे लिखुपिके गाउँपालिका ५ पात्तालस्थित बेचिन प्लान मा रहेको मिक्चर लोड गरेर लादै गरेको प्रदेश ३ ०१ ००३ क ६२८९ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खस्दा सवारी चालक मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए ।

















