इटहरी । एकै दिन इटहरी उपमहानगरपालिकाले तीन वटा आधारभूत स्वास्थ्य केन्द्र भवनको उदघाटन गरेको छ । शुक्रबार नगर प्रमुख द्धारिकलाल चौधरीले वडा नम्वर १८,१९ र २० मा नवनिर्मित स्वास्थ्य इकाई भवनको शिलान्यास गरेका हुन् ।
इटहरीका सवै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा पूर्याउन यस अघि सरकारी स्वास्थ्य संस्था नभएका १४ वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सम्पन्न भइसकेको छ ।
नगरप्रमुख द्धारिकलाल चौधरीले चुनाव ताका सवै वडाहरुमा अस्पताल पूरयाउने प्रतिवद्धता पूरा गरेको बताएका छन् । उनले अव आधारभूत सेवा लिन गाँउका वासिन्दाले शहर जानु पर्ने बाध्यता हटेको बताए ।
त्यस्तै उपप्रमुख लक्ष्मी गौतमले वडा वडामा निर्मित स्वास्थ्य इकाइ भवनवाट स्वास्थ्य सेवा संचालन गर्न जनशक्ति र आवश्यक समाग्रीको ब्यवस्थापन भइसकेको जानकारी दिईन् । आँगनमै स्वास्थ्य सेवा आउने भएपछि गाँउ गाँउका वािसन्दा उत्साहित वनेको उनले बताईन् ।
उपमहानगरका प्रमुख प्रशासकीय अघिकृत रामचरित्र मेहताले इटहरीका वडाहरुमा जग्गा ब्यवस्थापन गरेर स्वास्थ्य इकाई भवन निर्माण गरिनु सुनसरीमै उदाहरणीय कार्य भएको बताए । उपमहानगरका इन्जिनियर कैलाश तिम्सिनाले भवन निर्माण लागतका वारेमा जानकारी दिएका थिए । उपमहानगरका स्वास्थ्य संयोजक धनश्याम सिग्देलले आधारभूत स्वास्थ्य इकाइवाट प्राप्त हुने आधारभूत स्वास्थ्य सेवाका वारेमा जानकारी दिए ।
वडा नम्वर १८ मा वडाध्यक्ष रामकुमार चौधरी, १९ मा वडाध्यक्ष श्रीनारायण चौधरी र २० मा वडाध्यक्ष मणीराम श्रेष्ठको अध्यक्षतामा उदघाटन कार्यक्रम भएका हुन ।

















