काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले ओमानसँग प्रतिष्पर्धा गर्ने भएको छ ।
बिहिवार ओमानको घरेलु मैदान अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हदैछ । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको विश्वकप यात्रा टुङ्गिएको छ ।
मंगलबार भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको थियो। छनोटको फाइनलमा युएई र आयरल्याण्ड भिड्ने पक्का भएको छ ।

















