बारा । हिजो राती ७र८ जनाको समूहले नेपालबाट भारततर्फ गाँजा तस्करी गर्दै गरेको सूचना पाए पछि पुगेका बारा प्रहरीको टोली माथि भारतीय तस्करहरुको समुहले गोली चलाएको थियो । प्रहरीको जवाफी फायरिङमा एकजनाको ज्यान गएको बाराका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।
एक तस्करलाई कम्मरमा गोली लागेपछि उपचारका लागि प्रहरीले कलैया अस्पतालमा लगेको थियो। तर अस्पतालले राति नै उनको मृत्यु भएको घोषणा गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले बताए।
प्रहरीको फायरपछि उनीहरुले गाँजा छाडेर भागेका थिए। भारतीय नागरिक बिहारको मोतिहारीका हृदेश गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


















